काठमाडौं । समय समयमा चर्चामा रहने चर्चित पत्रकार रवी लामिछाने अहिले फेरि चर्चामा रहनु भएको छ । उहाँको आफ्नैं कार्यक्रम सिधा कुरा जनतासँगमा उहाँले देशमा राजतन्त्र हटेको भए पनि राजा बन्ने प्रवृतिमा कमि नआएको भन्नु भएको थियो । उहाँले नेकपा अध्यक्ष प्रचण्ड तर्फ संकेत गर्दै आज कसैंले आफुलाई हत्या गर्न लागेको थाहा पाउँदा चिन्ता गर्ने व्यक्तिले हिजो किन १७ हजार मारेको भन्दैं प्रश्न गर्नुभएको छ ।

उहाँले जनयुद्ध जनताको लागि फलदायक नभएको भन्दैं नेताका परिवार र आसेपासेहरुका लागि मात्रै भएको भन्नु भएको थियो । केही दिन पहिले आफुलाई आफ्ना पुर्व कमान्डर नेत्र विक्रम चन्द विप्लवले आफुलाई हत्या गर्न योजना बनाएको कुरा स्वयम पुष्पकमल दाहाल आफैंले जानकारी गारउँनु भएको थियो । अहिले लामिछानेको उक्त अभिव्यक्तिलाई लिएर नेकपा निकट भातृ संगठनहरुले विरोध जनाइरहेका छन् ।

यो बिचमा पत्रकार लामिछानेले सम्पुर्ण कार्यकर्तालाई पहिले आफुलाई नेपाली जनता भएर हेर्न भन्नु भएको छ । चर्को विरोध हुन थालेपछि उहाँले एक फेसबुक स्टाटस राख्दैं यस्तो लेख्नु भएको छः ‘मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन । हे फुर्सदिला “तिमीहरु” हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ ??? बोलेको हेर,सुन । कुरा नबुझे,बुझ्नेलाई अर्थ्याउन लगाउ,सोध ।...हुन्न ??

सम्बन्धित खबरहरु