काठमाडौं । पछिल्ला दिनहरुमा बिबाहलाई लिएर अनेक चर्चा हुने गरेका छन् । अहिले बिबाहको लागि शिक्षा सबैभन्दा महत्वपुर्ण भएर आएको छ । यस्तैं भारतको बिहार राज्यको मधुबनी जिल्लाको पन्डौल गाउँमा दुलाहा अनपढ हुँदा श्रीमती गुमाउँनु परेको छ । बिबाहको सम्पुर्ण तयारी पुरा भइसकेको थियो वरमाला गर्ने समयमा बिबाह तोडिएको हो । केटीको यो निर्णयलाई गाउँलेहरुले खुलेरै स्वागत गरेका छन् ।

अर्को रमाइलो कुरा त के भने बिबाहमा सहभागि हुन आएका एक व्यक्तिले ति युवत्तीको प्रशंसा गर्दै आफ्नो पढेलेखेको छोरासँग बिबाह गराइदिएका छन् । यो घटना आज भन्दा पाँच दिन पहिले अर्थात १३ मार्चमा भएको थियो । पंडौल प्रखंडका ब्रह्मोत्तरा गाँउकी युवकको बिबाह रहिका प्रखंडको मोमीनपुर गाउँकी युवत्तीसँग तय भएको थियो । बिबाहको कुरा अन्तिममा पुगेपछि दुलाह पक्ष जन्ती सहित युवत्तीको घर पुगेको थियो ।

यहाँसम्म कि बिबाहमा बरमालासम्म पनि भएको थियो तर दुलहीकी साथीले सबै कुरा उल्टो पारिन । दुलहीकी साथीलाई दुलाह शिक्षित भएको शंका लाग्यो र उनले अनौठो कदम चालिन । उनले दुलाहलाई केही प्रश्नहरु सोधिन तर दुलाह जवाफ दिने कुरामा असफल भएपछि नराम्रोसँग दशा लाग्यो । दुलाहको पढाई चेक गर्नको लागि दुलहीकी साथीले दुलाहलाई १०/१० का दश नोटहरु दिएर गन्न लगाइन् ।

तर, दुःखद पक्ष बेहुलाले तीन पटक प्रयास गरे तर १ सय हुन्छ भन्न सकेनन् । उनले पटकपटक गरेको गणना गलत्त पर्न गएपछि ति युवक अनपढ भएको खुल्न आएको हो । उनलाई उनको नाम र गाउँको नाम सोध्दा उनले सिधै गाउँको नाम भन्न भ्याएको कुरा बाहिर आएको छ । उनले हरेक कुराको गलत्त जवाफ दिन थालेपछि दुलहीले हिम्मत देखाएर बिबाह रद्ध गरिन र अर्को पढेको केटा सँग बिबाह गरिन् । यो समाचार दैनिक भास्करबाट लिइएको हो

सम्बन्धित खबरहरु