काठमाडौ । भारतमा लोकसभा निर्वाचन नजिक आउँदै गर्दा भारतीय जनता पार्टीका नेताहरुले नामको अगाडी चौकीदार थप्न थालेका छन् । योबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिजेपी अध्यक्ष अमित साह लगायतका नेताहरुले नामको अगाडी चौकीदार थपेका छन् ।

मोदीमाथि केही सिमित व्यक्तिहरुका लागि काम गरेको आरोप लाग्ने गरेको छ । योबीचमा भारतीय कांग्रेस महासचिव प्रियंका गान्धीले चौकीदार गरिबका लागि हुने नभई धनीका लागि हुने जानकारी दिनु भएको छ । उहाँको यो बयान सँगै म पनि चौकीदार अभियान चलाएर बसेका भारतीय जनता पार्टीका नेताहरुलाई ठुलो धक्का लागेको छ ।

आज गंगा यात्राको लागि कांग्रेस महासचिव प्रियंका गान्धी सिरसा पुग्नु भएको थियो । यो कार्यक्रममा बोल्दैं उहाँले चौकीदार गरिब, बेरोजगार, किसानहरुका लागि नभई केही औलामा गन्न सकिने धनीहरुका लागि भएको भन्नु भएको हो । यसले मोदीको समुहलाई धक्का पुगेको बुझिएको छ ।

सम्बन्धित खबरहरु