काठमाडौं । भारतमा अहिले सर्वाधिक चर्चामा रहन सफल अर्बपति अनिल अम्बानी जेल जानबाट बचेका छन् । उनीमाथि लागेको झण्डै ८ करोड अमेरिकी डलर उनका दाई भारतीय अर्बपति मुकेश अम्बानीले ७.७ करोड डलर ऋण तिरिदिएका छन् । यससँगै अनिल जेल जानबाट बचेका हुन् ।

पछिल्लो समय र’फा’इ’ल का’ण्डमा उनी सर्वाधिक चर्चामा रहेका छन् । उनले भारतीय जनता पार्टीका नेताहरुलाई पैसा दिएर ह’ति’या’र सम्झौता आफ्नो हातमा पार्न लागेको आरोप भारतीय कांग्रेसले लगाउँदै आएको छ । अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई ८० मिलियन डलर तिर्नुपर्ने थियो ।

तर, उनी लगातार केही वर्ष देखि घाटामा चलिरहेको ब्याख्या हुने गरेको छ । अदालतको आदेश बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने ख’तरा थियो । यो बिचमा अन्तिम समयमा मुकेशले भाइलाई बचाएका हुन् । अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ ।

यसले हाम्रो परिवारको बलियो मूल्यमान्यतालाई दर्शाउँछ । जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’ एक समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थिए तर अहिले मुकेशको यो सहयोगले गर्दा उनीहरुको मिलनको चर्चा भइरहेको छ । एजेन्सी

सम्बन्धित खबरहरु