काठमाडौं । लामो समय देखि सामाजिक सञ्जाल युट्युबमा उत्ताउला अन्तरवार्ता दिदैं आएकी परि तामाङसहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले मोडल तामाङसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई युट्युव च्यानल ‘मस्ती टक टाइम’मा अमर्यादित, अश्लील र उत्तेजित अन्तर्वार्ता दिएको भन्दै पक्राउ गरिएको हो ।

तामाङसहित दुई जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । अन्तर्वार्ताबाट सामाजिक मर्यादामा खलल पुर्याएको गुनासो आएपछि फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल तामाङलाई परिसरको विशेष टोलीले कंलकीबाट पक्राउ गरेको छ ।

अब उनीहरुलाई साइवर क्राइम अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । तपाइलाई जानकारी गराउँ यो भन्दा पहिले उनै तामाङको एक अश्लील भिडियो सार्वजनिक भएको थियो । उनले आफ्नो केटा साथिसँग मिलेर आफुले भिडियो बनाएको खुल्ला रुपमा स्विकार गरेकी थिइन् ।

सम्बन्धित खबरहरु