काडमाडौं । एउटा परेवाको कत्ति मुल्य पर्छ ? यसको जवाफमा सामान्यतया हजार भन्दा माथि त कोही पनि जाँदैन होला । तर बेल्जियममा एउटा परेवालाई कीर्तिमानी रकम १।२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाखभन्दा बढी नेपाली रुपैयाँमा लिलामी गरिएको छ ।

 

 

 

लिलामी हाउस पीपाले अर्माण्डो नामको परेवालाई ‘लामो दूरीको सबैभन्दा उम्दा बेल्जियम परेवा’ बताएको छ । यो परेवालाई परेवाको ‘लूइस हेमिल्टन’ भनिएको छ । यो भन्दा अघि एउटा परेवा सबैभन्दा महङ्गो रकम ३ करोड ६६ लाख नेपाली रुपैयाँमा बिकेको थियो । पीपाले भनेको छ, जब अर्माण्डोलाई लिलामीका लागि घोषणा गरियो तब यसअघिको कीर्तिमान तोडियो ।

 

 

अर्माण्डो नामको परेवा ५ सालको भएको छ र अहिले अवकाशको आनन्द लिइरहेको छ । सबै चिजलाई ध्यानमा राख्दै हवाई दौड लगाउने यस्ता परेवाको मूल्य २५ सय यूरो हुन्छ आफ्नो करियरको अन्तिम तीन दौडमा यसले जित हासिल गरेको छ । एजेन्सी

 

सम्बन्धित खबरहरु