मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


भक्तपुर । जनप्रतिनिधी आएदेखि नै भाडभैलो सुरु भएको मध्यपुरथिमि नगरपालिकाको भाडभैलो अहिले छरपष्ट रुपमा बाहिर आएको छ । नेपाली काँग्रेस र तत्कालिन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुबीच भएको टकराब करिब एकवर्ष मिलेर गएपनि पछिल्लो समयमा भने पुनः टकराब सुरु भएको हो ।

मेयर मदनसुन्दर श्रेष्ठले नेपाली काँग्रेसबाट निर्वाचित उपमेयर अञ्जनादेवी मधिकर्मी सहित वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधीको मानमर्दन गरेको, बेवास्ता गरेको र कार्यपालिकामा नलगी एकलौटी निर्णय गरेको भन्दै करिब एकवर्ष जनप्रतिनिधीहरु बिचको टकराबले अस्तव्यस्त बनेको नगरपालिकाले गति लिएको दुईवर्ष पनि बित्न नपाउदै नगरपालिकाका प्रशासकीय अधिकृतको विषयलाई लिएर भएको भाडभैलो पुन सार्वजनिक भएको छ ।

मध्यपुरथिमि नगरपालिकाका नायकको भूमिका निर्वाह गर्दै आएका प्रशासकीय प्रमुख कमल ज्ञवालीले काँग्रेस र एमालेका जनप्रतिनिधीको टकराबलाई मिलाउदै नगरपालिका अगाडि बढाए पनि प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठका कारण अन्तत ः दौतरीका रुपमा अगाडि बढेका मेयर मदन सुन्दर र प्रशासकीय अधिकृत कमल ज्ञवाली बिच फाँटो आएको रहस्य बाहिर आएको छ ।

प्रदेश सांसद भएर मध्यपुरमा विकासको बजेट ल्याउन नसकेका राजेन्द्रमानले गैरकानूनी रुपमा मध्यपुरथिमि नगरपालिकाको बजेट उपभोक्ता समिति मार्फत दिलाउन दबाब दिएपछि मेयर श्रेष्ठ र अधिकृत ज्ञवालीबिच फाटो मात्रै आएन, एकले अर्काको अनुहार हेर्न समेत नसक्ने भएपछि अन्तत ः मेयरद्धारा अधिकृत निकालिएका छन् ।

मध्यपुर थिमि नगरपालिकामा सुरु मै जनप्रतिनिधी बिच भएको टकराबलाई मिलाएका थिए ज्ञवालीले । मध्यपुरथिमि नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार अष्टकुमार कवेँबाट परिचालित यहाँका जनप्रतिनिधीलाई मिलाएर लैजान मुख्य भूमिका निर्वाह गरेका थिए ज्ञवालीले । श्रोतका अनुसार ज्ञवालीले बोलचाल बन्द भएका कवेँ र मेयर श्रेष्ठलाई एकै ठाउँमा ल्याउन भूमिका निर्वाह गरेका थिए । कवेँसंग छलफल गरेपछि ज्ञवालीले मेयर श्रेष्ठलाई कवेँको घर मै लगेर गरेको वार्ता सफल भएपछि कवेँ कै सुझाब अनुसार जनप्रतिनिधीले मेयर श्रेष्ठलाई सघाएका थिए ।

दुई धु्रबमा बाडिएका जनप्रतिनिधीलाई एकैठाउँमा ल्याउनेदेखि कार्यपालिकाको बैठक बसाल्ने र नगरपालिकालको विकासलाई गतिशिल बनाउने मुख्य भूमिका ज्ञवालीले खेलेको श्रोतको भनाई छ । ज्ञवालीको यो भूमिकाले एकवर्षदेखि नगरपालिकाको काम कारबाही अगाडि बढेको नगरपालिका श्रोत बताउछ । जुनसेकै निर्णय गर्नुपर्दा पनि, विसका निर्माणका जुनसुकै क्षेत्रमा अनुगमनमा जानु पर्दा पनि मेयर श्रेष्ठ र अधिकृत ज्ञवाली संगै जाने भएकाले नगरपालिकाका कतिपय कर्मचारीले यो जोडीलाई हलजोडीको नाम दिएका थिए । ज्ञवालीलाई विश्वास गरेकै कारण मेयर श्रेष्ठले कमेरोटार जग्गा एकीकरण आयोजनाको प्रमुख समेत बनाएका थिए । तर अचानक पछिल्लो दुईसातामा दुईबिच एक्कासी दरार आयो ।

पछिल्लो समयमा प्रदेश सांसद राजेन्द्रमान नगरपालिका धाउन थाले । मेयरलाई सल्लाह दिने नाममा छिर्ने गरेका सांसद श्रेष्ठले बजेट माग गर्दै मेयर र प्रशासकीय अधिकृत ज्ञवालीलाई दबाब दिन थाले । नगरपालिका श्रोतका अनुसार उपभोक्ता समितिको नाममा र अन्य खर्चका नाममा ज्ञवालीलाई चेक काट्न दबाब पर्नथाले पछि उनी हच्किए । भविश्यमा सचिवसम्म हुने लक्ष्य राखेका ज्ञवालीको क्यारियरमा समस्या आउन नदिन सचेत हुदै कार्यपालिकाका निर्णय बेगर र नगरसभाबाट पारित कार्यक्रम भन्दा बाहिर गएर बजेट दिन नमिल्ने बताईरहदा पनि श्रेष्ठले नमाने पछि यी दुईबिच दरार पैदा भएको थियो । घट्ना हुनुभन्दा केहीदिन अघिसम्म यी दुईबिच बोलचाल बन्दको अबस्थामा पुगेको कर्मचारी बताउछन् ।

गत फागुन २६ गते पनि सांसद राजेन्द्रमान नगरपालिका आए । मेयर श्रेष्ठसंग बजेटकाबारेमा छलफल गरे । त्यसपछि प्रशासकीय अधिकृत ज्ञवाली र ईन्जिनियर सत्यनारायण शाह समेत चारजना बसेर बजेट दिने विषयमा घmण्डै एकघण्टा छलफल चल्यो । ज्ञवाली आफ्नो अडानबाट पछि नहटेपछि विवाद बढ्यो । श्रोतका अनुसार चारजनाको छलफल छाडेर ज्ञवाली आफ्नो कार्यकक्षमा गए । जनताको काम गर्दैगर्दा सांसद श्रेष्ठ ज्ञवाली फकाउन फेरी उन कै कार्यकक्षमा पुगे ।

सिसि क्यामराबाट यहाँका गतिबिधी नियालीरहेको कर्मचारीका अनुसार सांसद श्रेष्ठले ज्ञवालीलाई फकाउने प्रयास गर्दै गर्दा नियम बाहिर गएर बजेट दिदा मेयर र आफू दुबैलाई समस्या पर्ने भन्दै बजेट दिन नमिल्ने जानकारी पुन गराउदै मेयरको जिद्धीले नहुने जानकारी गराए । लगत्तै मेयर ज्ञवालीको कार्यकक्षमा पसेर आफ्नो निर्देशन नमान्ने कार्यकारी अधिकृत नचाहिने भन्दै नगरपालिका छाड्न निर्देशन दिए । दुईबिच केही बेर भनाभन भयो । एक कर्मचारी भन्छन्, मेयरले कार्यकारीलाई नगरपालिका छाडेर जान निर्देशन दिएपछि ज्ञवाली निस्किए । ज्ञवालीले कानून अधिकृत केशव सिलवालको कार्यकक्षमा पुगेर आफू गएको जानकारी गराउदै निस्किए । आक्रोसित बनेको मेयर श्रेष्ठले ज्ञवालीका गाडी रोक्न समेत नगर प्रहरीलाई निर्देशन दिएपछि गाडी लिएर निस्किन लागेका ज्ञवालीलाई नगर प्रहरीले गेट मै रोक्यो । विवादका बिच ज्ञवालीले गाडी लिएर गए र भोलीपल्ट गाडी फिर्ता गरिदिए ।

ज्ञवाली पुनः नगरपालिका आउने डरले मेयरले आफैले ताल्चा किनेर ल्याई ज्ञवालीको कार्यकक्ष अगाडि ताल्चा लगाईदिए । त्यतिले मात्रै नपुगेर मेयरले ज्ञवालीको हाजिर समेत केरिदिएका र डिजिटल हाजिरी नै ब्लक गरिदिएका कर्मचारी बताउछन् । मेयर सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितकोमा पुगेर ज्ञवालीको सरुवा गरिदिन आग्रह गरेपनि ज्ञवालीको सरुवा भने भएको छैन । नगरपालिका छोड्नु दुईदिन अघिमात्रै सरकारले कर्मचारी समायोजन अन्तर्गत आगामी दुईवर्षका लागि मध्यपुरथिमि नगरपालिकाको प्रशासकीय अधिकृतमा ज्ञवालीलाई स्थापना गरेर पठाएको थियो ।

हनुमन्ते करिडोदेखि सरसफाईमा समेत सांसद महेश बस्नेतसंग टकराब गर्दै आएका मेयर श्रेष्ठ चौतर्फी विवादित बनेका छन् । पार्टीको केपी ओली गुटमा रहेर बस्नेत कै पहलमा टिकट पाएपनि पछिल्लो समयमा प्रदेश सांसद राजेन्द्रमानको सल्लाहमा माधव नेपाल गुटमा प्रवेश गरेका उनी पछिल्लो समयमा प्रचण्ड निकट बन्न खोजेका छन् । मेयर श्रेष्ठले गठ्ठाघरको तरकारी बजारको उद्घाटनमा आएका प्रचण्डलाई मेयर श्रेष्ठले भावी प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि ओली समेत श्रेष्ठसंग निकै रुष्ट भएको श्रोतको दाबी छ ।

मेयरका हर्कतले चिढिएका आमनागरिकलाई ज्ञवालीले सझाउने र सहज रुपमा काम गर्ने वातावरण सृजना गरेपनि ज्ञवाली मन्त्रालय हाजिर हुन थालेपछि भने नगरपालिकाको कामकाज ठप्प बनेका छन् । आर्थिक कारोबार रोकिएको छभने जनताको काम हुन नसक्दा सेवाग्राही नगरपालिका आउन छोड्दा नगरपालिका सुनसान बन्न थालेको छ । कोरिया नेपाल मैत्री अस्पतालदेखि कमेरोटमर जग्गा एकीकरण आयोजनामा कानूनी रुप मै विवादित व्यक्ति सत्य सुन्दर श्रेष्ठलाई गैरकानूनी रुपमा नियुक्ती गरेपछि मेयर श्रेष्ठको चौतर्फी आलोचना भएको छ । उपत्यका विकास प्राधिकरणले नियुक्ती दिनुपर्ने नियम भएपछि त्यसलाई लत्याउदै मेयरले आफ्ना नातेदार श्रेष्ठलाई गैरकानूनी रुपमा गत २९ गते प्रमुख बनाएका हुन् । मेयर श्रेष्ठ मंगल पनि मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तहको नतिजा सार्वजनिक : एसएमएसबाट यसरी नतिजा चेक गर्नुहोस्
स्नातकोत्तर तहको नतिजा प्रकाशित : मोबाईल एसएमएसबाट यसरी हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले परीक्षाबारे निर्णय लिने
स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता