एजेन्सी । पढ्नु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि पढ्नै मन नलाग्ने समस्या धेरैको हुन्छ ।

भोलि पढ्छु भन्दाभन्दै परिक्षा आइसकेको हुन्छ । यस्तो समस्या धेरैमा हुन्छ । कोहि विद्यार्थीहरु लामो समय पढ्ने सक्दैनन् ।

कतिपयलाई त किताव नै छुन मन लाग्दैन । पढाइ भनेपछि गर्नु नपरे हुन्थ्यो भन्नेहरु धेरै छन् । तपाईंमा पनि यस्तो समस्या छ भने चिन्ता नगर्नुहोस्, यो समस्याको सजिलो समाधान छ ।

फ्रेस भएर पढ्न सुरु गर्नुहोस् । सुरुमा आफुलाई सजिलो लाग्ने वा रमाइलो लाग्ने विषय पढ्नुहोस् । सकेसम्म बेलुका वा राती नपढ़नुहोस् ।

विहान उठेर पढ्ने बानी गर्नुहोस् । दिनमा थोरै पढ्नुहोस् तर नियमित पढ्नुहोस् । यसले पढ्न मन नलाग्ने समस्या टाढा गर्न मद्धत गर्छ ।

परीक्षाको तालिका बनाउनुहोस् । यति दिनमा यतिवटा पाठ सक्छु भन्ने रुटिन बनाउनुहोस् र पढ्न थाल्नुहोस् । यसले तपाईंलाई पढ्न उर्जा दिन्छ ।

अरु काम बेलुका, दिउँसो र राती गरेपनि पढ्ने काम विहान गर्नुहोस् । पढ्नुअघि टन्न पानी खानुहोस् ।

पढ्दा यसरी वा त्यसरी भन्दापनि आफुलाई सजिलो लाग्ने विधि अपनाउनुहोस् । तर सुतेर नपढ़नुहोस् । यसले स्वास्थ्यमा पनि असर गर्छ भने पढेको दिमागमा पनि घुस्दैन ।

सम्भव छ भने कुनै पनि कुरा पढ्दा चुइगम चपाउने गर्नुहोस् । यसले तपाईंलाई अल्छी बन्न नदिने र छिटो दिमागमा पढेको कुरा घुसाउन मद्धत गर्छ ।

पढाइ राम्रो गरेको खण्डमा दैनिक तालिका पनि राम्रो हुन्छ र परीक्षाको बेलामा पनि तनाव हुँदैन भन्ने कुरा मनमा राख्नुहोस् ।

पढ्न बस्दा मोबाइल फोन टाढा राख्नुहोस् । पढ्नुअघि फेसबुकमा फोटो वा स्ट्याटस नराख्नुहोस् ।

केहि दिन माथिका सवै विधि अपनाउनुहोस् तपाईंलाई आफैं पढ्न मन लाग्न सुरु हुन्छ । त्यसपछि पढाइ राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु