काठमाडौं । आतंकवाद अहिले विश्व समुदायका लागि एक चुनौतीको रुपमा देखिएको छ । हालै न्युजील्यान्डको मस्जिदमा भएको आक्रमणा ५० जनाले ज्यान गुमाउनु परेको छ । यो आक्रमण पछि विश्व समुदायले के कुरा जानकारी पायो भने आतंकवादको कुनै धर्म हुँदैन ।

पश्चिमा देशहरुले मसलमानहरु आतंकवादी हुने आरोप लगाउँदै आएका छन् । न्युजील्यान्डकी प्रधानमन्त्री जैकिडा अर्डर्नले अल नूर मस्जिद अगाडी हजारौ परिवारसँग दुःख मनाउँनु भएको छ । उक्त कार्यक्रमहरुमा मृतकहरुको सम्मानमा दुई मिनेट मौन धारण गरिएको थियो ।

अहिले न्युजील्यान्डकी प्रधानमन्त्रीको विश्वभर नै तारिफ भइरहेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फोनमा कुरा गर्दै मुसलमानहरु प्रति देखाएको व्यवहारको प्रशंसा गर्नुभएको छ । एजेन्सी

सम्बन्धित खबरहरु