काठमाडौं । नेपालमा पर्याप्त मात्रामा विदेशी लगानी भित्राउनको लागि सरकारले तिव्र तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गर्नुभएको छ । आज बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीहरुलाई व्यवस्थित बास,सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिनुभएको छ । परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताउनुभएको छ ।

“गणतन्त्र आएको छ ,संघीयता आएको छ,आवधिक चुनाव भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।”

सम्बन्धित खबरहरु