काठमाडौ । एक साता लामो समय लिए पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका जानु भएको छ । एक साता लामो भ्रमणका क्रममा अमेरिका जानु भएका अध्यक्ष प्रचण्ड वाशिंगटन स्थित नेपाली दुतावास पुग्नुभएको छ ।

दुतावास पुग्दा प्रचण्डको फरक अवतार देखिएको थियो । लङ्गको खासै नलगाउने प्रचण्ड अमेरिकामा भने लङ्गकोटको आकर्षक अवतारमा पुग्नुभयो । त्यहाँ राजदुत र कर्मचारीले उहाँलाई सम्मान तथा स्वागत प्रदान गरेका थिए । भ्रमणमा सँगैं रहकी छोरी गंगा दाहालले केही तस्विरहरु सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिनु भएको हो ।

भेटमा पुर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले अमेरिकामा रहने नेपालीहरुका बारेमा चासो राख्नु भएको थियो । उहाँको उच्च तहको राजनीतिक भेट हुने भनिएको भए पनि त्यसको बारेमा कुनै जानकारी दिइएको छैन । हेरौ केही तस्विरहरु

सम्बन्धित खबरहरु