काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा दशकौं राज गरेकी नायिका तथा नेतृ करिश्मा मानन्धर एसईईमा सहभागि हुनु भएको छ । आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी हुनु भएको हो । उहाँ विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी हुनु भएको छ । परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार चलाएरर परीक्षा केन्द्र पुग्नु भएको हो ।

४५ वर्षीया मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढ्नु भएको छ । नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिनु भएको छ । यो वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

सम्बन्धित खबरहरु