काठमाडौं । आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विभिन्न क्षेत्रमा प्रतिष्ठि व्यक्तिहरुको सहभागित रहेको छ । यो बिचमा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी हुनुभएको छ । अहिले सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक समेत रहनु भएकी सांसद चौधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षामा सहभागी हुनु भएको छ ।

उहाँले सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ । उहाँले आज फेसबुकमा एक स्टाटस राख्दैं लेख्नु भएको छ, ‘आजबाट सुरु हुने एसईई परीक्षामा सामेल हुन जाँदैछु । परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन , शुभेच्छुक , शुभचिन्तक र मिडियाकर्मी मित्रहरूले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ , ढाडस दिई रहनु भएको छ यसले मलाई थप हौसला मिलेको छ । हामी सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछु ।’

तपाईलाई जानकारी गराउँ उहाँ तत्कालिन एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद हुनुभएको छ । उहाँकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई परिक्षा दिँदैछिन् । यसरी हेर्दा आमाछोरीको परिक्षा एकैं वर्ष पर्न गएको हो । ३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढ्नु भएको छ ।

सम्बन्धित खबरहरु