प्रकाश तिवारी । आज मानिस अत्ति स्र्वाथमा बाच्न थालेको छ । सगरमाथाको हिउँ पग्लदैंछ , बाढी पहिरोजस्तो समस्या त पहिले देखि नैं छ । बनजंगल फडानी गर्ने देखि लिएर जंगली जनवार मारेर खाने गरेका छन् । प्रकृतिविद्हरुका अनुसार यदी मानिस यसरी नैं अगाडी जाने हो भने एक दिन यो विश्वमा ठुलो प्रलयको सृजना हुनसक्छ ।

यसको भागिदार पनि मानव हो भने अर्को तिर जिम्मेवार पनि मानव नैं हुन्छ । आज मात्रै हैन मैले धेरै पहिला देखि सोच्दै आएको कुरा आज व्यक्त गर्न आवश्यक मानेको छु । मैले गहन तरिकाले सोचे सूक्ष्म तरिकाले अध्यन गर्दै आएको छु । मलाई के लाग्छ भने यो संसारमा सबै भन्दा स्वार्थी प्राणी भनेको मानिस नै रहेछ ।

यो संसारमा रहेका करिब ७.४५ अर्ब मानिस हरुले आफ्नो स्वार्थको लागि एक अर्को लाई क्षती पुर्यायका छन् । प्रकृतिकले दिएको सम्पुर्ण कुराले नपुगेर आज मानिस हरुले प्रकृतिकलाइ नै बिनास गराउदै छन । आफू भन्दा कमजोर प्राणी हरुलाइ दमन हत्या हिंसा गरेर आफ्नो स्वार्थ पूरा गरिरहेका छ्न् ।

मानिस हरुले नै भनेका छन संसार मा सबैभन्दा चेतनशिल प्राणी भनेको नै मानिस हो । तर मेरो बिचारमा र केही अध्यनमा मानिस हरु संसारमा रहेका प्राणी मध्य कम चेतना र कम दया भएको प्राणी हो । यदि मानिस हरुमा चेतना हुन्थ्यो भने कसैमाथी दमन गरेर राज गर्दैन्थ्यो ।

कोहि कतै प्रश्न आउला कहाँ दमन गर्यो ? कसरी दमन गर्यो ? किन कम चेतना भएको मानिस हो ? चन्द्रमामा रकेट र मानिस पुगि सके । तर त्यो बिज्ञान हो चेतना होइन । यसो भन्दै गर्दा कसैले मलाई मूर्ख भन्लान् तर मलाई कुनै आपती छैन । जस्लाइ जे भन्न छ भन्दा हुन्छ तर भन्नू र बोल्नु पहिले दिमाग फराकिलो बनाएर भित्री रूपमा गहन तरिकाले अध्यन गर्न अनुरोध गर्दछु ।

आज मानिसले प्रकृति माथी दमन नगरेको भए सुनामी भुकम्प वर्षा कहिले अत्याधिक गर्मी त कहिले अत्याधिक जाडो हुदैन्थ्यो वा प्राकृतिक प्रकोप हुदैन्थ्यो । जुन बिरुवा वा रुखले अक्सिजन दिएर हाम्रो जीवन बचाइदिन्छ । रुखलाई आफ्नो स्र्वाथको लागि काटेर सय टुक्रा बनाइ दराज पलङ्ग र जस्ता अन्य सामान हरु बनाउछ ।

जुन, मान्छेको स्वार्थको लागि मात्रै हो । खोला वा समुन्द्रमा आफ्नै संसारमा बाचेका प्राणी माछा लगायत अन्य जल प्राणीहरुलाइ मारेर खान्छ्न अनि केही अन्य मानिस हरुलाइ अरुको मरेको सरिज दिन्छ । के यो दमन होइन ? के यो चेतना भएको मानिस हरुले गर्दछ ? प्रकृतिले त्यो माछा वा अन्य जल प्राणी र हाम्रो मूल्य एउटै छ सबैंले एक पटकको जीवन पाउने हो ।

अनि मान्छेले प्रकृतिलाई एउटै नजर ले हेरेको छ अनि कसरि दमन गर्न सक्छ ? यो कुरा हामी कहिले नभुलौ । त्यस्तै जल मात्रै होइन जंगली जनावर हरुलाइ घरमा ल्याइ दाम्लोले बाधेर दास बनाइ केही समयलाई भए पनि त्यो स्वार्थी जिब्रो को स्वादको लागि काटेर खान्छ । के यो जनवार माथिको दमन होइन ?

के प्रकृति ले हामिलाइ जनावर खान जीवन दिएको हो ? पक्कै पनि होइन । बिरालो ले मुसा मारेर खान्छ वनमा बाघले जंगली जनावर मारेर खान्छ यो सबैलाई जानकारी हुन्छ । फेरि बाघ ले नि मारेर खान्छ बिरालोले नि त खान्छ भनेर प्रश्न आउला तर यो कदापी दमन होइन । बाघलाई मृग दियो मृग लाई घाँस दियो बाघ ले मृग खान्छ मृग ले घाँस खान्छ यो प्रकृति नियम हो ।

तर हामिले मुसालाई वा जंगली जनावर मार्यौ भनी यो दमन मात्रै होइन यो महा पाप हो प्रकृतिले हामिलाइ जनावर मारेर खा नै भनेको छैन भनी हामिले कसरी खानी प्रकृति को नियम मिच्न मिल्छ ? त्यसैले सबैलाइ चेतना रहोस हामीले प्राकृतिक नियम मिच्दै गएका छौ त्यसैले त भुकम्प आउने ज्वालामुखि फुट्ने बाढी पहिरो खडेरी पर्ने मरुभुमी करण भएर हजारौं लाखौ मान्छे मर्ने गर्दछन ।

त्यसैंले प्रकृतिलाई दमन नगरी प्रकृतिले हामिलाई के खान के लाउन दिएको छ त्यही खाउ त्यही लगाउ प्रकृतिको नियममा चलौ यदि चलेनौ भने या दमन गर्दै गयौ भनी प्रकृति ले एक दिन हामीमाथि पनि दमन गरि हामी लगायत यो संसार नै तहस नहस बनाउँनेछ ।

मैंले यहाँ प्रस्तुत गरेको विषयवस्तुमा सबैंको सहमति नहुन सक्छ तर हामीले यसलाई नियन्त्रणका लागि लाग्नुपर्दछ । जस्तो हामीले एक रुख काटेर प्रयोग गछौं भने त्यहाँ थप दश रुख रोप्ने बानी गर्नुपर्दछ । अर्को तिर जंगली जनावार घरमा ल्याई पाल्ने वा मारेर खाने कुराले पनि वातावरणमा गम्भिर असर गर्न सक्ने विज्ञहरुको दावी रहेको छ । मैंले के भन्न चाहेको हो भने हामीले सबैंको कुराको उपभोग गरौं तर संरक्षणमा पनि विशेष ध्यान दिनुपर्छ ।

सम्बन्धित खबरहरु