काठमाडौं । नेताहरु कहिलेकाँही आफ्नैं व्यवहारले गर्दा आलोचित हुने गर्दछन् । संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनीय सन्देश गएको भनी आलोचना भयो । तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराई आमाको निधन भएको पाँचौँ दिन मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न र परिवारलाई सान्त्वना दिन मन्त्री पण्डित विराटनगर उपमहानगरपालिका ३ स्थित भट्टराई निवास पुगेका थिए ।

मन्त्री पण्डितको सचिवालयले भने कुनै योजनबद्ध रुपमा नभई एक कार्यक्रममा सहभागी हुन गएका बेला नजिकैको भट्टराई निवासमा मन्त्री पुगेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु