काठमाडौ । दीपाश्री निरौला वर्तमान समयमा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो ।

हास्य कलामा एकछत्र राज गरेकी निरौलालाई एउटा प्रश्नले जहिले पनि पछ्याइरहेको हुन्छ ।

उनलाई जहिले पनि विवाह, श्रीमान र ब्वाइफ्रेण्ड जस्ता प्रश्नले दिक्दारी र आनन्ददायिक बनाउँछ ।

जीवनको आधा समय विताइसकेकी दिपा अविवाहित अभिनेत्री हुन् । उनको सुन्दर कला शैली नेपाली समाजमा राम्रैसँग भिजेको छ ।

मुटुभित्र बसेको छ । तर दिपाको मुटुमा बसेर सिँउदो रंगाउने अवसर अहिलेसम्म कुनै मर्दले पाएन ।

‘दिपाश्रीसँग विवाह गर्छु भन्दै दर्जनौ युवाहरु आउँछन् तर दिपासँग विवाह गर्न कोही आउँदैन’ कटाक्ष गर्दै दिपाले भनिन् ‘म चलचित्रबाट कमेडियन बने, यही क्षेत्रमा २५ बर्ष विताइसकेकी छु । विवाहलाई भन्दा कामलाई बढि प्राथमिकता दिएका कारण मेरो जीवनमा यो अबसर जुट्न सकेन ।’

करियरलाई प्राथमिकता दिएका कारण आफ्नो विवाह नभएको उनी बताउँछिन् । विवाहपछि कलाक्षेत्रका ब्यक्तिहरु ओझेलमा पर्दै आएका छन् । विशेषगरी केटाभन्दा केटीहरु बढि ओझेलमा परेका छन् ।

विवाह भएको भए साहदे २५ बर्ष यो क्षेत्रमा विताउन दिपाश्रीका लागि पनि कठिन नै हुन्थ्यो होला ।

उनी पछिल्लो समय चलचित्र निर्देशन तथा निर्माणमा व्यस्त छिन् । ठट्यैली पारामा उनी भन्छिन् । यो दिपाको सिउँदो रंग्याउने कुनै मर्द भेटिएन । नजिक आएपछि लुगलुग काम्छन् ।

 

सम्बन्धित खबरहरु