काठमाडौं । बलिउडमा सधैं चर्चामा रहने अभिनेत्री तथा डान्सर राखी सावन्तले नरेन्द्र मोदीका बारेमा नयाँ खुलासा गरेकी छिन् । राखीले एक अन्तरवर्तामा मोदीको तारिफ गर्दै आजसम्म यौन सम्बन्ध पनि नराखेको भनेकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफुलाई मोदी सच्चा साधु सन्त भएकोमा कुनै शंका नभएको दावी गरेकी हुन् ।

उनका अनुसार आजसम्म भारतीय प्रधानमन्त्री मोदीले यौनको अनुभव गरेका छैनन् । उनको यो भनाईलाई धेरैले ट्रोल बनाइरहेका छन् । उनी यो भन्दा पहिले पनि यस्तै बयानका कारण चर्चामा छिन् । मोदीको सानैमा बाल बिबाह भएको थियो तर पछि उनले किशोरावस्थामा बैबाहिक जीवन त्यागेर सन्यासी जीवन बिताएका थिए ।

उनी विस्तारै धार्मिक संगठन हुँदै भारतीय जनता पार्टीमा आएका थिए । उनी भारतको प्रधानमन्त्री हुनु भन्दा पहिले गुजरातका सफल मुख्यमन्त्री भएका थिए । उनलाई राजनीतिका लागि धार्मिक जातिय लगायत अन्य मुद्धाहरुमा जनता लडाएको आरोप लाग्ने गरेको छ ।

अहिले पनि विगतमा गरिएको बाचा पुरा गर्न नसके पछि जनता भड्काउन हिन्दु, मुस्लिम र राष्ट्रवादको नारा लिएको विपक्षीले आरोप लगाएका छन् । बेरोजगारी, गरिबी, महिला अधिकार र भारतमा सबैभन्दा महत्वको साथ हेरिएको किसान वर्गको पक्षमा काम गर्न नसकेको आरोप उनी माथि छ । अर्को तिर गुजरातका केही सिमित व्यापारिको हातमा भारतको अर्थतन्त्र सुम्पन लागेको आरोप उनी माथि छ ।

सम्बन्धित खबरहरु