काठमाडौं । केही महिना पहिले शिर्ष नेताहरुले माला लगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए । अहिले खानेपानी मन्त्री विना मगरको तस्वीरले चर्चा बटुलेको छ । कञ्चनपुरमा हालै थारु समुदायले होली उत्सवमा खानेपानी मन्‍त्री बिना मगर पनि जानु भएको थियो ।

उक्त कार्यक्रममा मन्त्री पनि थारु समुदायका बिच थारु पहिरहनमा आफ्नो गृह जिल्ला कञ्चनपुर पुग्नु भएको हो । ब्यस्तताको बावजुद मन्त्री मगर स्थानीयले आयोजना गर्ने कार्यक्रममा फुर्सद निकालेर पुग्ने गर्नुहुन्छ । उहाँ आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने नेतृको रुपमा चिनिनु भएको छ ।

होलीको मौका पारेर सोमबार गृहजिल्ला कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उहाँलाई अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । अतिथी बन्ने क्रममा थारु समुदायको पहिरन लगाएर जानु भएकी मन्त्री मगर बेहुली झैं आकर्षक देखिनु भएको थियो ।

उक्त कार्यक्रमको प्रमुख आकर्षण बन्न पुगेकी मगरले थारु समुदाय र संस्कृतिको बेग्लै पहिचान रहेको र अल्पसंख्यकको रुपमा रहेको थारु समुदायको पहिरन लगाउँदा थारै भएपनि यस समुदायको पहिचानमा संरक्षण गर्न सघाउ पुग्ने बाचा गर्नुभयो । मन्त्री मगरले होली कार्यक्रमसँगै राना थारु होम स्टे र उधानको शिलान्यास पनि गर्नुभयो ।

सम्बन्धित खबरहरु