काठमाडौं । नेपाल–भारत बिच भएको खुल्ला सीमालाई व्यवस्थित गर्न समयसमयमा आवाजहरु उठ्ने गर्दछन् । खुला सीमानाका कारण उत्ता अपराध गरेर यत्ता आउँने वा यता अपराध गरेर उता जाने समस्या हुन्छ । यस्तो समस्यालाई नियन्त्रण गर्नको लागि सीमालाई व्यवस्थित गर्न आवश्यक देखिन्छ ।

यो बिचमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागको मुख्यालय पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि एक बिलियन अमेरिकी डलर दिन अनुमति दिएको छ । राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने माग राख्दै आउँनु भएको थियो ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा आपराधिक क्रियाकलाप रोक्नका लागि पनि भौतिक अवरोधको आवश्यकता भएको बताउँदै आएका छन् । तर उनका आलोचकहरुले भने ट्रम्पले आपतकालमा सीमाको निर्माण गरेको आरोप लगाउँदै आएका छन् । एजेन्सी

सम्बन्धित खबरहरु