काठमाडौ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा मठ–मन्दिरको सहर भनेर चिनिएको नेपालको राजधानी काठमाडौं पनि समावेश भएको छ। यात्राबारे जानकारी र विवरण दिन कहलिएको तथा स्थापित अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले काठमाडौंलाई यो भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा राखेको हो।

ट्रिप एडभाइजर डटकमले काठमाडौंलाई गन्तब्य सूचीमा समावेश गर्दै उपत्यका र यस आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, संग्रहालय र मन्दिरहरुलाई यात्रुले हेर्नै पर्ने भनेर व्यख्या गरेको छ। चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुका विवरण पनि सो साइटमा उल्लेख गरिएको छ।

ट्रिप एडभाइजरले बेलायतको राजधानी लन्डनलाई पहिलो नम्बरमा समावेश गरेको छ भने फ्रान्सको पेरिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौथो र इन्डोनेसियाको बाली पाँचौ नम्बरमा छन्।

सम्बन्धित खबरहरु