काठमाडौ । नेपाल प्राकृतिक रुपमा विश्वको एक नमुना देश हो । नेपालमा भएका वनजंगल, जनवार नेपालका सम्पती हुन । नेपालमा भएका नदीनाला हिम श्रृङखलाहरु पनि नेपालका अमुल्य सम्पती हुन । पर्याप्त सम्भावना भएको नेपालमा संरक्षणको अभाव रहँदा लोप हुने अवस्था देखिएको छ । पछिल्ला दिनहरुमा बढ्दो शहरीकरणको नाममा मानिसहरुले जनवारका वास स्थान भत्काउने देखि लिएर मासुका लागि हत्या गर्ने गरेका छन् ।

यो देखिएको तस्विर बर्दिया राष्ट्रिय निकुञ्जको हो । अहिले सामाजिक सञ्जालमा यी सुन्दर मृगका आमा र सन्तानको चर्चा भइरहेको छ । विदेशीहरु नेपालको सुन्दरता हेर्नको लागि नेपाल आउँछन् । नेपालले पर्यटन क्षेत्रका लागि आवश्यक पहल गर्न नसकेको जानकारहरु बताउँछा् । यो बिचमा पनि नेपालमा पर्यटकहरुको आगमन सन्तोषजनक रहेको छ ।

यदी नेपालले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गर्न सक्ने हो भने यस क्षेत्रबाट राज्यलाई धेरै ठुलो फाइदा पुग्ने देखिन्छ । नेपालको सुन्दरता बचाउँनको लागि हामी सबैले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्दछ ।

सम्बन्धित खबरहरु