काठमाडौं । लामो समय देखि स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन वस्दै आउँनु भएका डाक्टर गोविन्द केसीमाथि ठुलो विपत्त आइलागेको छ । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. केसीको तलव रोक्का भएको छ ।

उहाँले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको जनाएको छ । स्रोतका अनुसार शिक्षण अस्पतालले केसीलाई ८४ दिनसम्म कता हराएको भनेर स्पष्टीकरण सोधेको छ । तर, डा।केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझ्ने जवाफ दिन नसकेको जनाइएको छ ।

पछिल्लो पटक अनशन बस्नु भएका केसीले शिक्षण अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा माग्नु भएको थियो । तर, केसीले लिखित रुपमा विदा लिएको अस्पताल प्रसाशणलाई जानकारी छैन । कानूनअनुसार केसीले लिखित रुपमा आफ्नो विदा स्वीकृत गराउनुपर्छ । तर, अनशन बस्ने बेला विदा स्वीकृत गराउँनु भएको छैन ।

विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि उहाँको हाजिरीका आधारमा तलव रोक्का भएको हो । केसी लामो समयदेखि हाजिर नगरेको दिनको पनि तलव र भत्ता दाबी गर्दै आउँनु भएको छ । तर, शिक्षण अस्पताल महाराजगञ्जले उहाँसँग ८४ दिनसम्म किन हाजिरी नगरेको भनेर स्पष्टीकरण सोधेको छ ।

केसीले ८४ दिनको हाजिरी नगरे वाफतको तलव भत्ता नलिने घोषणा गर्न सक्नु भएको छैन । कानूनी रुपमा उहाँले तलव भत्ता नलिने घोषणा गनेवित्तिकै उहाँ बर्खास्तीमा पर्न सक्ने बुझिएको छ । उहाँलाई कारबाही गरेर हटाउने सम्मको निर्णय हुन सक्छ । कारबाहीमा पर्ने भएपछि केसी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा पुगेको अस्पताल प्रसाशणको दावी छ ।

सम्बन्धित खबरहरु