काठमाडौं । आज देखि सुरु भएको लगनी सम्मेलनमा सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरेको छ । अर्थमन्त्री डा‍‌. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

राजधानीमा सुरू भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री खतिवडाले नेपालेको कर प्रणालीलाई वैज्ञानिक बनाउँन लागिपरेको जनाउँनु भएको छ । उहाँले कर प्रणलीलाई वैज्ञानिक बनाउँदै लैजाने र कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको भन्दै लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्र द्रूत आर्थिक विकासको लक्षयसहित अघि बढेको जनाउँनु भएको छ । शुक्रबार सुरु भएको सम्मेलन शनिबारसम्म चल्ने भएको छ ।

सम्बन्धित खबरहरु