काठमाडौं । पछिल्ला केही दिनहरुमा नेपालको वातावरणमा गम्भिर असर देखिएको छ । पश्चिमी वायु सक्रिय हुन थालेपछि घाम लाग्नु पर्ने सिजनमा वर्षा भइरहेको छ ।

आज बिहानै देखि काठमाडौं उपत्यका लगायतको मौसममा पनि ठुलो परिवर्तन देखिएको छ । काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भागहरुम हल्का वर्षा भइरहेको छ ।

यो बिचमा यात्रामा बाहिर निक्लदा सँगै छाता वा रेककोटजस्ता कुराहरु लिएर जानुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

अहिले स्वभाविक रुपमा गर्मी बढ्दै गएको भए पनि वर्षा मेघ गर्जन सहितको वर्षा हावाहुरी भने रोकिएको छैन । मौसम पुर्वानुमान शाखाले यस्तो जानकारी जारी गरेको छ । जारी मिति स् चैत्र १६ गते आज विहान ६स्०० बजे

चैत्र १६ गते(आज) दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहनेछ भने पश्चिमी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ ।

पूर्वी र मध्य भू–भागहरुका केहि स्थानहरुमा र पश्चिमी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै स्थानहरुमा र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

चैत्र १७ गते (भोली)ः दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

पूर्वी भू–भागहरुका केही, मध्य भू–भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातीः पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

देशका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र १८ गते (पर्सी)ः दिउँसोः देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू(भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

देशको पहाडी भेगको केहि स्थानहरुमा र तराई भेगको १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेका छ । यी तीन दिनहरुमा यात्रामा जाँदै हुनुहुन्छ भने विशेष ख्याल गर्नुहोला ।

सम्बन्धित खबरहरु