काठमाडौं । अहिले नेपाल ठुलो शोकमा डुबेको छ । बार र पर्सामा आएको भीषण हावा हुरीले अहिले ठुलो विपत्त ल्याएको छ । यो बिचमा अहिलेसम्म ३१ जनाको ज्यान गएको दुःखद खबर आएको छ । त्यस्तै, चार सय भन्दा धेरै घाइते भएको जनाइएको छ । नेपाल रेडक्रस सोसाइटीले आँधी र हावाहुरीबाट घाइते हरुको उपचारका लागि बारा र पर्सामा पर्याप्त मात्रामा रगतको व्यवस्था गरिएको जनाएको छ ।

४ सय युनिट रगत र रक्ततत्व व्यवस्था गरिएको रक्तसञ्चार केन्द्र वीरगञ्जले बतायो । पर्साका रक्तसञ्चार इन्चार्ज सौरभ पाण्डेले भन्नुभयो, 'तत्कालका लागि मौजुदा रगतको भण्डारण पर्याप्त छ । तर, मागको प्रकृति र संख्या यकिन नभएकोले रक्तदाताहरु तयार रहन आवश्यक छ ।'

आइतबारदेखि पर्सामा ४ पिन्ट रगत सप्लाई गरिसकिएको छ । वीरगञ्ज नगरपालिकाले निःशुल्क रगत प्रदान गर्ने काममा सहयोग गरिरहेको छ । हुरी बतासबाट प्रभावितका लागि माग भई आएमा निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र काठमाण्डौले पनि आवश्यक व्यवस्था मिलाउने भएको छ । रेडक्रसले आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पनि सक्रिय बनाएको छ ।

सम्बन्धित खबरहरु