भिजिट नेपाल २०२० लाई आत्मसाथ गर्दै एभरेष्ट बैंकद्वारा क्यालेन्डर उद्घाटन


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ वर्ष बिक्रम सम्बत् २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचनको कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा भएको थियो ।

एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई २५औं वर्षसम्मको निरन्तर सेवा पू¥याएको परिप्रेक्षमा नेपाल सरकारको “भिजिट नेपाल २०२०” भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको छ ।

बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मोहन कृष्ण सापकोटाज्यू तथा बैंकका प्रमूख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठद्वारा बैंकका अन्य उच्च अधिकृहरुको उपस्थितिमा संयूक्त रुपमा उक्त क्यालेनडरको बिमोचन भएको थियो ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना [सूचनासहित]
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता