काठमाडौं । सामाजिक काममा सिताराम कट्टेल कुनै अपरिचित नाम होईन् । चर्चित कलाकार एवम समाजसेवी (धुर्मुस) सिताराम कट्टेल राहात लिएर हावाहुरी प्रभावित वस्तीमा पुग्नु भएको छ । उहाँ बारा जिल्लाका हावाहुरी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनको चामल, त्रिपाल र चाउचाउ लिएर पुग्नु भएको हो ।

उहाँले लगेको राहत प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण भएको उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउँनु भएको छ । हावाहुरीको घटनाले आफु मर्माहत भएको र सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत अनुरोध पनि उहाँले गर्नुभएको छ ।

आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा जनधनको ठुलो क्षति गरेपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । यो महा विपत्तिमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने चार समय भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको उपचारमा कुनै कसुर बाँकि नराख्न सरकारले निर्देशन दिएको छ र त्यही अनुसार काम पनि सुरु भएको छ ।

सम्बन्धित खबरहरु