काठमाडौं, कार्तिक ४ । यस वर्षको बडादसैंमा टीकाको उत्तम साइत विहीबार बिहान १० बजेर ५५ मिनेटमा परेको छ । देवी विसर्जनको साइत भने विहीबार बिहान १० बजेर ४५ मिनेटमा छ ।

टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि उक्त समय उत्तम रहेपनि बिहानैदेखि टीका लगाउन हुने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

महानवमी र विजयादशमी विहीबार नै परेकाले महानवमीको पूजापाठ सकाएर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको डा. गौतमले बताए ।

tika
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । विजयादशमीका दिन गरिने तलेजु भवानीको यात्राका लागि भने विहीबार बिहान ११ बजेर १ मिनेटको साइत र स्थिरासनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम छ । खड्ग यात्राको साइत पनि विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।

कोजाग्रत पूर्णिमा भने ९ गते मनाउनुपर्ने शास्त्रीय विधि रहेको पनि समितिले जनाएको छ । पूर्णिमा व्रत भने कार्तिक १० गते मंगलबार परेको छ ।

आकाशदीप दान र कार्तिक स्नान आरम्भ पनि कार्तिक १० गते नै सुरु गर्दा उत्तम हुने जनाइएको छ । नौ रात दश दिन अवधिको नवरात्र हुनपर्नेमा यसवर्ष भने आठ रात नौ दिन परेको हो ।

सम्बन्धित खबरहरु