काठमाडौं । अहिले सबै पुस्तामाझ निकै चर्चित टिकटकमा प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ । भारतको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अश्लील अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ । गएको फेब्रअरीमहिनामा तमिलनाडुका सूचना प्रौद्योगिकीमन्त्री एम मनिकन्दनले यो एपलाई बन्द गराउँनको लागि अपिल गरेका थिए ।

यो एपमा सामाजिक सद्भावमा खलल पुर्याउँने र पुरानो संस्कृतिलाई नष्ट गर्न लागेको आरोप लगाइएको छ । यो भन्दा पहिले भारतका विभिन्न राज्यहरुमा पबजी मोबाइृप्रति प्रतिवन्ध लगाइएको छ ।

सम्बन्धित खबरहरु