काठमाडौं । केही दिन देखि चर्चामा रहेको नेपाल बार एसोसिएशनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठ लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै विजयी हुनु भएको हो । श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गर्दा पोखरेलले ३ हजार २७ मत प्राप्त गर्न सफल हुनु भएको हो ।

यस्तै, महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको छ । पौडेलले ३ हजार २ सय ७ मत रहँदा थापाको भने २ हजार ९ सय ४० मत रहेको थियो ।

सम्बन्धित खबरहरु