काठमाडौ । केही दिन पहिले देखि सामाजिक सञ्जालमा एक तस्विर एकदम चर्चामा रहेको थियो । त्यो तस्विर आफ्नो साइकलले किचेको चल्लालाई अस्पताल लैजाने बालकको थियो । उनको अहिले विश्वभरीबाट तारिफ भइरहेको छ । यो बिचमा उनको स्कुलले उनलाई सम्मान गरेको छ ।

भारतको मिजोरम राज्यका ६ वर्षीय बालक डेरेकले आफूले साइकल चलाउँदै गर्दा साइकलले छिमेकीको चल्ला किचेपछि उक्त चल्लालाई नजिकैको अस्पताल पुर्याएका थिए, जुन विश्वलाई भावुक बनाउँने तस्विर हो । डेरेकले चल्लालाई लिएर सुरुमा आमा बुवासंग गएका थिए र पैसा मागेका थिए ।

आमाबुवाले चल्ला मरेको बताए र पैसा दिएनन् । त्यसपछि उनले आफूसँग भएको १० रुपैयाँ र चल्ला लिएर चल्लाको उपचार गर्न अस्पताल गएका थिए । अस्पताल पुगेर उनले नर्ससँग उनले चल्लाको उपचार गरिदिन अनुरोध गरे । नर्स बच्चाको त्यो भनाइ सुनेर आश्चर्यचकित र भावुक भईन् । त्यसपछि उनले बच्चाको तस्बिर लिइन् र सामाजिक सञ्जालमा पोष्ट पनि गरिन् ।

अहिले उक्त तस्विर धेरैले डाउनलोड गरेर आफ्नो पेजमा राखेका छन् । सामाजिक सञ्जालमा पोस्ट भएको उक्त तस्विर अचानक भाइरल भयो । उक्त फोटो हेर्नेहरु सबै भावुक बने भने उक्त फोटोले बच्चाको कोमलता संगै मानवताको सन्देश पनि दिइरहेको ब्याख्या हुन थाल्यो । बच्चाको उक्त सोंच र कामलाई उनले पढ्ने स्कुलले दोसल्ला ओढाएर र सम्मान प्रमाणपत्र दिएर उनको सम्मान गरेको छ ।

अहिलेको स्वार्थी समाजमा यस्ता व्यक्तिहरुको अभाव छ । हामी पनि डेरेकलाई उच्च सम्मान गर्न चाहान्छौं साथमा उनका मातापिता र उनका शिक्षकहरुप्रति सादार नमन छ ।

सम्बन्धित खबरहरु