काठमाडौं । सैन्य अनुशासन भन्दा बाहिर गएर अभिव्यक्ति दिने दुई जना पूर्वसैनिक अधिकारीलाई नेपाली सेनाले सचेत गराएको छ । अति संवेदाशील विषयमा अनावश्यक बोलेको भन्दै नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई सचेत गराएको हो । सैन्य अनुशासन विपरित सार्वजनिक अभिव्यक्ति दिदै हिडेको आरोपमा पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई सचेत गराइएको नेपाली सेनाले जनाएको छ । उहाँहरुमाथि सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोप लगाइएको छ ।

सैनिक मुख्यालयका अनुसार उहाँहरुलाई पत्रचारसमेत गरिएको छ । सैनिक मर्यादासमेत ख्याल नगरी बोलेकाले सचेत गराइएको सैनिक मुख्यालयले जनाएको छ । बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको चर्को आलोचना गर्दै आएका छन् । तपाईलाई जानकारी गराउँ सैनिक अधिकारीले अवकास भएको कम्तिमा दुई वर्षसम्म सार्वजनिक रुपमा अभिव्यक्ति दिन नपाउँने नियम रहेको छ ।

सम्बन्धित खबरहरु