काठमाडौं । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्या भएको लामो समय भैसक्दासम्म हत्यारा पत्ता लाग्न सकेको छैन । यो बिचमा घटनालाई लिएर विभिन्न व्यक्तिहरुले फरकफरक धारणा व्यक्त गरिरहेका छन् । यो बिचमा निर्मला हत्या प्रकरणमा आफ्नो नाम जोडेर नियमित चरित्र हत्या गरि समाचार प्रकाशन गरेको भन्दै तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरा किरण बिष्टले पत्रकार खेम भण्डारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराउँनु भएको छ ।


मानसखण्डका सम्पादक खेम भण्डारीले चरित्रहत्या गरेको भन्दै बिष्टले गाली बेइज्जती अभियोगमा मुद्धा दायर गर्नुभएको हो । आफुलाई नियोजित रुपमा निर्मला हत्या प्रकरणमा नाम जोडेर समाचार लेख्नुका साथै फेसबुकमासमेत चरित्र हत्या गर्ने खालका पोष्ट गरेकाले सामाजिक रुपमा अपहेलना भई भविष्य समेतमा ठेस पुग्ने देखिएकाले मुद्दा दिएको उनका आफन्तले बताएका छन् । भण्डारीविरूद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता भएको कञ्चनपुर जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो ।

उनीमाथि अपराध संहिता २०७४ वमोजिम कारबाही मागदावी गरिएको उहाँले दावी गर्नुभएको छ । आफु विरुघ मुद्धा दायर भएपछि पत्रकार भण्डारीले प्रतिकृया दिनु भएको छ । उहाँले आज एक फेसबुक स्टाटस राख्दै यस्तो लेख्नु भएको छ । ‘मेरा बिरुद्ध फेरि अर्को मुद्दा पर्यो ! वेलकम ! निर्मलाको न्यायका लागि चलिरहेको लडाइ सकिएको मैले ठानेकै छैन । यो सब एजेण्डा जिवित राख्ने खुट्किला बन्ने छन । मेरा बिरुद्ध गोलबन्द भएका सबैलाइ अदालतमा पनि धुलो चटाइने छ ।’

सम्बन्धित खबरहरु