काठमाडौं । सामान्यतया भिआईपी मानिसहरुको स्वागतका लागि रेड कार्पेट ओछ्याउने गरेको हामीले सुनेका छौं । वरिष्ठ व्यक्तिहरुको स्वागत र सम्मानका लाग रेड कार्पेट ओछ्याईन्छ तर रुपन्देहीमा भने केही फरक दृश्य देखिएको छ । यहाँ नयाँ दमकललाई रेड कार्पेटमा स्वागत गरिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नयाँ दमकललाई रेड कार्पेटमा स्वागत गरेको हो । ५९ लाख ५० हजार मूल्यको बारुणयन्त्रलाई नगरपालिकाले रेडकार्पेटमा स्वागत गरेपछि अहिले सर्वाधिक चर्चामो विषय भएको छ । ३ हजार २ सय लिटर क्षमताको सो बारुणयन्त्रले ३५ मिटर टाढासम्म पानीको फोर्स फ्यांक्न सक्ने क्षमता भएको नगरपालिकाले जनाएको छ ।

यो नगरपालिका साविकका ६ गाउपालिका मिलेर बनेको छ । केही समय अघि मात्रै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका तथा सियारी र ओमसतिया गाउपालिका मिलेर नयाँ बारुणयन्त्र सञ्चालनमा ल्याएका थिए । यसरी यन्त्रलाई रेड कार्पेट ओछ्याएर स्वागत गरेको घटनाले मानिसहरुले अनौठो मानेका छन् ।

सम्बन्धित खबरहरु