काठमाडौ । अहिले सामाजिक सञ्जाल मिस नेपालमय भएको छ । अहिले मिस नेपाल प्रतियोगीहरु छनौट गर्ने कार्यक्रम भइरहेको छ । यस्तै अहिले सामाजिक सञ्जालमा एक भिडियो खुबै भाइरल भएको छ । भिडियोमा देखिने निर्णायक रचना गुरुङ मिस नेपालमा २५ वर्षदेखि आबद्ध हुनुहुन्छ ।

उहाँको भिडियो सार्वजनिक भएपछि उहाँ छक्क पर्नुभयो । उहाँले एक जना मिस नेपाल प्रतियोगी अस्मिता मर्हजनलाई श्रृगांर नगरेर आएको भन्दै हपारेको भिडियो अहिले भाइरल भएको छ । उहाँले यस विषयमा प्रतिकृया दिदैं उहाँले कुराको प्रसंग नखुलाई अघिपछिको भाग फालेर आफूलाई नराम्रो देखाउन खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यति भाग मात्रै काटेर राखेको छ । उनी उत्कृष्ट २५ मा छानिएकी छन् । ऊ नयाँ कुरा सिक्न इच्छुक छ। म त उसलाई देखेर गर्व गर्छु ।’ गुरुङले आफूलाई नराम्रो देखाएर आफू चर्चित बन्न फेसबुक प्रयोगकर्ताले यो सब गरेको आरोप पनि लगाउँनु भएको छ । उहाँले आफुलाई बद्नाम गर्न कसैले षडयन्त्र गरेको भन्दै भन्नुभयो, ‘कुनै मान्छेले खेल खेलेको हो ।

मेरा छोरीहरूलाई समेत अप्ठ्यारो परिहरको छ।’ तपाईलाई जानकारी गराउँ रचना अभिनेत्री आना शर्माकी आमा हुनुहुन्छ । युट्युबमा उपलब्ध पूरा भिडियोमा आफूले प्रसंगसहित उक्त प्रश्न राखेको रचना दाबी गर्नुहुन्छ । यसबारे हिडन ट्रेजरले केही दिनमा प्रस्टीकरण दिने उहाँले स्पष्ट पार्नुभएको छ । जे सुकै भएको भए पनि त्यसरी नभनेको भए हुन्थ्यो भन्ने एकथरी मान्यता रहेको छ ।

शारिरिक सुन्दरतालाई मात्रै प्राथमिकता दिएको भन्दै मिस नेपाल प्रतियोगिताको विरोध

‘मिस नेपाल २०१९’ को अडिसनका क्रममा आयोजकले प्रतियोगिलाई सोधेको प्रश्न यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियो भाइरल भएसँगै मिस नेपाल प्रतियोगीताको निर्णायक मण्डलमा रहेकी रचना गुरुङलाई ‘गालीको ओइरो’ नै लागेको छ । शारिरिक सुन्दरतालाई मात्रै प्राथमिकता दिएको भन्दै मिस नेपाल प्रतियोगिताको नै विरोध भईरहेको छ।

ललितपुरकी २२ वर्षिय प्रतियोगी अस्मिता मर्हजन अडिसनका लागि पुगेकी थिइन्। कम्प्युटर इन्जिनियरिङको बिध्यार्थी उनलाई निर्णायक मण्डलकी रचना गुरुङले सोध्छिन्, ‘तिमीले किन मेकअप नगरी आयौ ?’ उत्तर दिदै अस्मिता भन्छिन् ‘साँच्चै भन्नु पर्दा मलाई मेकअप गर्न आउँदैन्।’

गुरुङले थप्दै अर्को प्रश्न गर्छिन्, ‘एकाईसौं शताब्दीमा आएर पनि मेकअप गर्न नआउने ?’ भन्दै अर्को प्रश्न तेर्साएका छन् । त्यसै सिलसिलामा रचनाले फेरि चस्माको बारेमा प्रश्न गरेकी छन् । जवाफमा अस्मिता भन्छिन् ‘म स्कुटीमा आउनु पर्छ र धेरै प्रदूषण हुने गर्दा आज लेन्सको सट्टा चस्मा नै लगाए । म कहिले काहीँ मात्र लेन्सको प्रयोग गर्छु।’

यी संवादहरु हेर्दा सुन्दरी प्रतियोगीताहरुमा सुन्दरीहरुको ट्यालेन्ट र प्राकृतिक सुन्दरता भन्दा पनि मेकअपलाई बढी प्राथमिकता दिईएको छ । उक्त भिडियोमा मेकअपलाई लिएर रचनाले गरेको मूल्याङकनको आलोचना भईरहेको छ । कतिपयले भने मेकअप गरेकी रचना भन्दा मेक अप नगरेकी अस्मिता धेरै राम्री देखिएको बताएका छन्।

सम्बन्धित खबरहरु