रितिक अधिकारि । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न १० स्थित मुल्ही पोखरी नजिक भएको आगलागीबाट धनमाल गुमाएका पिडितहरुले क्षतिको मुल्यांकनको आधारमा क्षतिपूर्ति उपलब्ध गर्नुपर्ने नगरपालिका सँग माँग गरेका छन् । नगरपालिका सँग रहेको दमकल जतिबेला पनि बिग्रेको अवस्थामा रहने गरेको र आवश्यक परेको बेला बाहिरबाट मगाउनु पर्ने अवस्था रहेकोले गत बुधवार राति आगलागी भएको दिन पनि मलंगवा नपाको दमकल बिग्रेकोले आगो निभाउन ३० किलोमिटर टाढा हरिवनबाट दमलक मगाउनु परेको थियो ।

हरिवनबाट दमकल आउँदा सम्म अधिकांश पसलहरु जलिसकेकाले उक्त दिन भएको क्षति नगरपालिकाको दमकल बिग्रेर भएकोले यसको सम्पूर्ण जिम्मा मनपाले लिनुपर्ने भन्दै क्षतिको विवरण र मुल्यांकनको आधारमा क्षतिपूर्ति दिनुपर्ने आगलागी पिडित प्रमोद शर्मा ठाकुर लगायतका पिडितहरुले आग्रह गरेका छन् । नगरपालिकाको दमकल चालु अवस्थामा रहेको भए आगलागी समयमै नियन्त्रणमा लिन सकिन्थ्यो र ठुलो क्षति समेत हुनबाट जोगिने थियो पिडित ठाकुरले भने ।

गत बुधबार राति स्थानीय स्थानीय शंकर गुप्ताले बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन भनि बालेको घुरबाट आगो सल्केर आगलागी भएको थियो । आगलागीबाट ६ वटा पसल जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको थियो । सर्लाहीको कविलासी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो तलबबाट बारा र पर्साका हावाहुरी प्रभावितलाई साढे ६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । नगर कार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई राहत तथा पुर्नस्थापना कार्यका लागि निर्वा्चित पदाधिकारी तथा कर्मचारीहरुको तलबबाट सहयोग गर्ने निर्णय गरेको हो ।

निर्वा्चित जनप्रतिनिधिको चैत्र महिनाको ५ दिनको पारिश्रमिक, कर्मचारीहरुको ३ दिनको तलब र शिक्षकहरुको १ दिनको तलब गरी जम्मा ६ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग हावाहुरी प्रभावितलाई गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सो रकम नगरपालिकाको तर्फबाट सम्बन्धित विपद् व्यवस्थापन समितिसँग समन्वय गरि नगदै अथवा उक्त रकम बराबरको राहत सामग्री हावाहुरी प्रभावितलाई उपलब्ध गराइने छ ।

सम्बन्धित खबरहरु