काठमाडौं । कर्मचारीमाथि दुव्र्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । मालपोत कार्यालय सुर्खेतका नासुलाई कालोमोसो दल्ने नेकपा क्रान्तिकारीका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

वैद्य नेतृत्व नेकपा क्रान्तिकारीका नेता हिक्मतबहादुर शाही ‘हिमाल’ लाई सुर्खेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत माघ १६ गते नेता शाहीले नै मालपोतका नायव सुब्बा नरबहादुर घर्तीलाई कालोमासो दलेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसी एवम् प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

गत माघ १६ गते नेता शाहीले नै मालपोतका नायव सुब्बा नरबहादुर घर्तीलाई कालोमासो दलेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसी एवम् प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शाहीलाई काठमाडौं जाँदै गरेको रात्री बसमा जाँदै गरेको बेला छिन्चुमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु