काठमाडौ । पछिल्ला दिनहरुमा भारत र पाकिस्तानबीचको सम्बन्धलाई लिएर विश्व आतंकित भएको छ । भारतमा निर्वाचन नजिक आएको कारणले गर्दा पनि भारतीय जनता पार्टीको सरकार भइरहँदा पाकिस्तानमाथि आक्रमण गर्न सक्ने आंकलन गरिएको छ ।

अघिल्लो निर्वाचनमा गरिएका बाचाहरु पुरा नभएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवाद र धर्मको राजनीति गरेको आरोप लागेको छ । योबीचमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारत पाकिस्तानमाथि आक्रमण गर्ने तयारीमा भएको बताउँनु भएको छ ।

निर्वाचनमा जनताको ध्यान खिच्नको लागि बिजेपी पाकिस्तानमाथि आक्रमणको प्रयास गरिरहेको छ । उहाँका अनुसार भारत १६ देखि २० अप्रिलकाबीचमा आक्रमण गर्न सक्छ । पाकिस्तानले भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्ने भन्दै संयुक्त राष्ट्र संघका पाँच स्थायी सदस्य देशहरुलाई यस बारेमा जानकारी दिएको जनाउँनु भएको छ ।

उहाँले आज पाकिस्तानी सञ्चारमाध्यमसँगको कुराकानीमा भारत फेरि आक्रमणको तयारीमा भएको विशेष जानकारी आफुहरुले पाएको जनाउँनु भएको हो । यस विषयमा प्रधानमन्त्री इमरान खानले देशवासीका नाममा एक सम्बोधन गर्ने उहाँले जानकारी दिनु भएको छ । एजेन्सी / पाक / विदेश मंत्री कुरैशी ने कहा- हम पर फिर हमला हो सकता है, भारत का जवाब- बेतुका बयान

सम्बन्धित खबरहरु