काठमाडौं । रातिको समयमा सर्वसाधारण जनताले सास्ती भोग्दै आएका छन् । यो बिचमा स्थानीय सरकारले सबैलाई राहत दिन नयाँ घोषणा गरेको छ । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सम्बन्धित खबरहरु