काठमाडौं । नमस्कार, मेरो नाम कमल खड्का हो । म अहिले २२ वर्षको भए । मेरो एक जना केटी साथि छिन् । उनलाई यौन सम्पर्क गर्न मन लाग्छ तर मलाई यौन इच्छा हुँदैन किन ? मैले अहिलेसम्म यौन सम्पर्क गरेको पनि छैन । म हस्त मैथुन गर्दै आएको छु । यो कस्तो समस्या हो जानकारी गराउँनु भए आभारी हुने थिए ।

डा. सुमन रुपाखेतीको जवाफ : प्रेम सम्बन्ध भावनात्मक हुँदा पनि मानिसमा यौन इच्छा नहुन सक्छ । तर पछिल्लो समय यौन सम्पर्कको लागि मात्रै भएपनि प्रेम सम्बन्धमा रहने चलन बढेको छ । यौन सम्बन्धका कारण पछिल्लो समय समाजमा सम्बन्ध विच्छेदका घटनाहरु पनि बढ्दै गएका छन् । मलाई लाग्छ कमलजीले आफ्नी प्रमीकालाई भावनात्मक प्रेम गर्नुहुन्छ ।

तर, प्रेम सम्बन्धमा रहेपछि यौन सम्पर्क पनि महत्वपुर्ण पक्ष हो । प्रेम जीवनमा यौन जीवनलाई नकारेर जानुपर्छ भन्ने कुरा पनि मिल्दैन् । यौन सम्पर्क भनेको आपसी समझदारीमा हुने कुरा हो । यसमा दुई जना बिचको भावनात्मक बुझाईको पनि महत्वपुर्ण प्रभाव हुन्छ । उहाँ २२ वर्षको हुनु भयो तर उहाँले आफ्नो प्रमीकाको उमेर खुलाउँनु भएको छैन ।

सामान्यतया उमेरले गर्दा पनि यौन इच्छामा प्रभाव पार्ने गर्दछ । उहाँले आफुले हस्त मैथुन गर्छु भन्नु भएको छ यर्सथ उहाँलाई यौन चाहान नभएको भन्ने पनि होईन । उहाँ आफ्नी प्रमीकासँग भावनात्मक भएको हुनाले पनि यस्तो समस्या आएको हुनुपर्दछ । यो कुनै रोग होईन यसमा दुई जना बिचको सोचको तालमेल नभएर यस्तो भएको हो ।

कमलजीले आफ्नो साथिसँग सबै कुरा खुलेरै भन्नुपर्दछ । उहाँले आफुलाई कमजोर छु भन्ने सोचेर भन्दा पनि हिम्मतका साथ काम गर्नुपर्दछ । यो विल्कुल मानसिक समस्या हो र मानसिक रुपमा नै समधान निस्कन्छ । उहाँ पुरानो नेपाली समाजमा हुर्किएको जस्तो मलाई लाग्छ । उहाँले आफ्नो सोचलाई बद्ल्न आवश्यक देखिएको छ । पुरा भिडियो हेर्न यहाँ थिच्नुहोस्

सम्बन्धित खबरहरु