काठमाडौं । पछिल्लो समय बद्लिदो जैविक परिवर्तनले वातावरणमा गम्भिर असर परेको छ । यो बिचमा इटालीको सार्दिनियास्थित पर्यटकीयस्थल पोर्टो सेर्भेकको समुद्री किनारमा मृत भेटिएको एक व्हेल माछाको पेटबाट २२ किलो प्लास्टिक निकालिएको छ । गर्भवती समेत रहेको उक्त व्हेल माछाको लम्बाई ८ मिटर थियो ।

व्हेलको पेटभित्र २२ किलो प्लास्टिकका साथै मृत भ्रुण फेला परेको अधिकारीहरुले बताए । व्हेलको पेटभित्र फोहोर फाल्न प्रयोग हुने प्लास्टिकको झोला, माछा मार्ने जाली, तार, पाइप लगायतका वस्तुहरु फेला परेको थियो । यो घटनापछि इटालीका वातवरणमन्त्री सर्गियो कोस्टाले आफ्नो फेसबुक वालमामार्फत भन्नु भएको छ, ‘अझै पनि यस्ता घटनालाई सामान्य रुपमा लिने मानिसहरु छन् ।

मेरो लागि यो घटना ठूलो हो । यस्ता विषयहरु मेरो प्राथिमकतामा पर्छन् ।’ मन्त्री कोस्टाले विगतमा आफ्नो सुविधाका लागि प्रयोग गरिने वस्तुहरुको उचित व्यवस्थापन नगरिँदा यस्तो परिणामा आएको दाबी गरेका छन् । उहाँले युरोपियन सांसदले एकपटक मात्र प्रयाग गरिने प्लास्टिकलाई सन् २०२१ बाट पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताउँदै इटाली यो कानुन कार्यान्वयन गर्ने पहिलो मुलुक हुने वाचा गरेका छन् ।

अघिल्लो महिना फिलिपिन्समा पनि मृत फेला परेको वयस्क व्हेलको पेटबाट ४० किलो प्लास्टिक निकालिएको थियो । समुद्रमा प्लास्टिकको मात्रा बढ्दै गएपछि यसको असर सामुद्रीक जीवहरुमा देखा पर्न थालेको हो । एजेन्सी

सम्बन्धित खबरहरु