काठमाडौं । पछिल्लो समय विवादित बन्दै गएको नागरिकता विधेयकबारे गृहमन्त्री रामबहादुर थापाले प्रतिकृया दिनु भएको छ । उहाँले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउँनु भएको हो । गृहमन्त्री रामबहादुर थापाले पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको बताउँनु भएको छ ।

उनीहरूको नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेकोमा थापाको जोड थियो । संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री थापाले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभएको छ ।

सम्बन्धित खबरहरु