रितिक अधिकारी । सर्लाहीको लालबन्दी नगरपालीका ५ का मृगौला रोगीलाई सहयोग प्राप्त भएको छ । लालबन्दी नगरपालीका वडा नम्बर ५ का २४ वर्षीय चौटी साहलाई सहयोग प्राप्त भएको हो । लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले व्यत्तिगत पहलमा मृगौला रोगी साहलाई उपचारको लागि रु २० हजार सहयोग गरेका हुन ।

मुगौला रोगी साहलाई उपचार गर्न जान खर्च समेत नभएको अवस्थामा आफ्नो एकल प्रयासमा रु २० हजार सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार काठमाडौंको वीर असपतालमा उपचार गर्न जान बाटो खर्च समेत नभएका मृगौला रोगी साहलाई सहयोग होस भन्नका लागि आफुले साहका दाजु माधव साहको हातमा सहयोग रकम हस्तान्तरण गरेको भण्डारीले बताउनु भयो ।

मृगौला रोगी साह आज नै उपचारको लागि काठमाडौं गएका छन । यस्तै, सर्लाहीको ग्रामीण क्षेत्रमा पर्ने अधिकाँश गाउँपालिका तथा नगरपालिकाको बाटो सुख्खा याममा धुलामे र पानी पर्ने समयमा हिल्लामे भएको पाईन्छ । सर्लाहीको चन्द्रनगर ,कविलासी,ब्रहमपुरी, मलगवा, हरिपुर्बा लगायतको स्थानिय तहमा अहिले बाटो हिल्लामे भएपछि स्थानिय बासिहरुलाई आवत जावत गर्न समस्या भएको छ ।

करोडौं बजेट स्थानिय तहमा आए पनि नेताहरु विकास नगरी कार्यकर्ता मात्र पालेको चन्द्रनगर गाउपालिका बस्ने स्थानिय नन्द किशोर यादबले आरोप लगाउनु भएको छ । गत आ.व. को बजेट खर्च गर्न नसक्ने बिकास कसरी गर्छ हरिपुर्वा नगरपालिका को स्थानिय मयुदिन अनसारी बताउनु हुन्छ । मुल सडकमा सानो बर्षातमा ठाउ ठाउ मा पानी जमेकोले हिलोमा ,हिडडुल गर्न अप्ठ्यारो भए पनि हिडढुल गर्ने बाध्यता भएको कविलासी नगरपालिका ४ बस्ने समाजसेबि रामरुप रायको गुनासो छ ।

यस बारेमा बुझ्दा बिकास निर्माणको काममा बढि प्राथमिकता दिएको र माटो ढुवानि गर्ने ट्याक्टरले गर्दा बाटो बिग्रेको र माटो ढुवानी गर्ने ट्याक्टरलाई सूचना जारी गरि प्रतिबन्ध लगाए पनि गुडिरहेको सवारिको उजुरि नआएको र आए कारवाही गरिने तथा आफुहरु छिटै समस्याको समाधान गर्ने चन्द्रनगर गाऊपालिकाका कार्यकारी अधिक्रित टेक प्रसाद भट्टराई जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु