काठमाडौ । पछिल्लो पुस्ताबीच एकदमै चर्चामा रहन सफल नायिका आँचल शर्माको पारिश्रमीक बढेको खबर सार्वजनिक भएको छ । केही मान्छेहरु उनको बलबुतामा कुनै फिल्म हिट नभएको दावा गर्छन ।

शत्रुगतेको सफलताको जस हरिवंश आचार्य र दीपकराज गिरीलाई जान्छ भन्नेहरुको ठुलो भिड छ । ब्ल्याक र जोनी जेन्टलम्यान त फ्लप नै भए जस्तो देखिएको छ । उनको अभिनय अन्य समकक्षी हिरोइनभन्दा कमजोर भएको भने होईन् । एउटा कुरा के पनि सत्य हो भने कलाकार भन्दा पनि विषयवस्तु अर्थात कथावस्तुले पनि चलचित्रमा गहिरो प्रभाव पार्दछ ।

उनको अभिनय क्षमता कमजोर नभएकाले भटाभट नयाँ फिल्मको प्रस्ताव आउन थालेको छ । अहिले चर्चा चलेको छ कि उनले अब पाँच लाखभन्दा कममा काम नगर्ने अड्डी कसेर बसेकी छिन् । उनले गोपी गुमाउनुको कारण पनि यही हो भन्ने धेरैको बुझाई रहेको छ ।

दालभात तरकारीको छायाँकन सकिएको चार महिना बितिसके पनि अरु फिल्ममा अनुबन्ध भएकी छैनन् । तर, केही गीतहरुमा भने उनलाई देखिएको छ । उनको पारिश्रमीक देखेर निर्माता तथा निर्देशक आफैँ तर्कन थालेका छन् ।

सम्बन्धित खबरहरु