काठमाडौं । नयाँ वर्ष मनाउँन घर जाँदै गरेको बस दुर्घटनामा परेको छ । मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नं को बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका– ११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका हुन् । घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा विशु पर्व मनाउन घर फर्केका यात्रु दुर्घटनामा परेका हुन् । प्रहरीले घटनाबारे अध्यन गरिरहेको छ । घाइतेहरुको नाम खुल्न सकेको छैन ।

सम्बन्धित खबरहरु