काठमाडौं । लामो समय देखि बहसको रुपमा रहेको पब्जी खेलमाथि नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताउँनु भएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गर्नुभएको छ । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको हो । भारतका कतिपय राज्यहरुमा यो खेलमाथि प्रतिवन्ध लगाइएको छ । पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो ।

यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । यसका अहिले नेपालमा मात्रै नभई विश्वभर विशेष रुपमा भारत पाकिस्तानजस्ता देशहरुमा धेरै प्रयोगकर्ता भएको पाइएको छ । नेपालमा टिकटकमाथि पनि प्रतिवन्ध लगाउँन माग गरिएको छ । यस्ता खेलहरुले समाजमा अश्लीलता फैलाएको र युवा पुस्तामा नकारात्मक सोचको विकास गर्दै आएको जनाइएको छ ।

सम्बन्धित खबरहरु