वि.सं.२०७५ साल चैत्र २९ गते । शुक्रबार । ईश्वी सन् २०१९ अप्रिल १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि सप्तमी,१२ घडी ३७ पला,बिहान १० बजेर ४८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र आद्र्रा,०४ घडी ५४ पला,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त पुनर्वशु । योग अतिगण्ड,१४ घडि ११ पला,बिहान ११ बजेर २६ मिनेट उप्रान्त सुकर्मा । करण वणिज,बिहान १० बजेर ४८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त बव । आनन्दादिमा पद्य योग । चन्द्रराशि मिथुन,रातको १२ बजेर ४७ मिनेट उप्रान्त कर्कट । विश्व ज्योतिष महासंघ स्थापना दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानिका नयाँ नयाँ बाटाहरु पहिल्याउँदै मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पति हात लागि हुँने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुँने तथा नयाँ प्रकृतिका काम आउँनेछन् । माया प्रेममा एक अर्काबिच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारि तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानि कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुँनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुँनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँने हुँनाले सम्यम भई अगाडि बढ्नुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । जीवनसाथि सँग लामो दुरिको रमाईलो यात्राको तय हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिने हुँदा आर्थिक क्षेत्र सवल हुँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावि हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाई अरु दिन भन्दा सुध्रियर जानेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ ।

सम्बन्धित खबरहरु