यो तस्वीरबारे थाहा पाउँदा दुनियाँ चकित, यस्तो छ वास्तविकता !


काठमाडौं । केही दिन पहिले पृथ्वीमा एक अद्भुत कुरा देख्न पाइएको छ । केही दिन पहिले अन्तरिक्ष वैज्ञानिकले ब्ल्याक होलको पहिलो तस्वीर साझा गरेका छन् । यो ग्यालेक्सीमा लगभग चार हजार करोडमा फैलिएको छ र आकारमा पृथ्वीभन्दा तीस लाख गुणा ठूलो छ । तपाईलाई जानकारी गराउँ यो तस्वीर इभेन्ट टेलिस्कोपबाट लिइएको हो जुन आठवटा टेलिस्कोपको एउटा नेटवर्क हो ।

यससँग सम्बन्धित वैज्ञानिक प्राध्यापक हेनियो फेल्केले बीबीसीलाई ब्ल्याक होल एम ८७ ग्यालेक्सीमा पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो सौर्यमण्डलभन्दा पनि ठूलो छ र तौलमा सूर्यभन्दा ६ सय ५० करोडभन्दा भारी छ । यो ब्रम्हाण्डमा भएको सबैभन्दा ठूलो ब्ल्याक होल हो । ’

पहिलो पटक सार्वजनिक भएको तस्वीरमा ब्ल्याक होलको चारैतिर आगोको एउटा गोलो देखिएको छ । प्राध्यापक फेल्केले यसलाई ब्ल्याक होलमा आएर खस्ने निकै तातो ग्यास भएको जानकारी दिनु भएको छ । वैज्ञानीहरुका अनुसार ब्रम्हाण्डका करोडौं तारा मिलेर जति प्रकाश छर्छ यो ब्ल्याक होल त्योभन्दा पनि धेरै चम्किलो हुन्छ ।

त्यसकारण यो त्यति टाढा भएपनि टेलिस्कोपमार्फत देख्न सम्भव भएको हो । अहिले सार्वजनिक तस्वीर विज्ञानको परिभाषा र विभिन्न हलिउड फिल्ममा ब्ल्याक होलको परिकल्पनासँग ठिक मेल खान्छ । युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डाक्टर जिरी यान्सी पनि इटीएन कोल्याबरेशनका सदस्य हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘ब्ल्याक होललले अन्तिरक्ष र प्रकृतिसँग जोडिएका विभिन्न जटिल प्रश्न खडा गर्छ, यति हुँदा हुँदै पनि ब्ल्याक होल हाम्रो अस्तित्वसँग जोडिएको एउटा मुद्दा हो । ब्ल्याक होल हाम्रो परिभाषामा जस्तो थियो त्यस्तै तस्बिर देखियो । एकपटक पुनः यस्तो लाग्छ कि आइन्सटाइन सही थिए ।’

यो त हामीले यसको प्रकृतिका बारेमा चर्चा गर्न सफल भयौं । अब हामी जानकारी गराउँन गइरहेका छौं आखिर ब्ल्याक होल के हो त ? अन्तरिक्षको एउटा यस्तो हिस्सा हो जसमार्फत् कनै पनि वस्तु यात्रा गर्न सक्दैनन् । यहाँसम्म कि प्रकाश पनि यसभित्रै विलिन हुनेगर्छ । नामभन्दा ठिक विपरित यो क्षेत्र खाली हुँदैन यसमा विभिन्न प्रकारका पदार्थ हुन्छन् जसले यसको क्षेत्रफललाई अत्यधिक गुरुत्वाकर्षणमा परिवर्तन गर्ने गर्छ ।

ब्ल्याक होलको अगाडि अन्तरिक्षको एउटा क्षेत्र छ जसलाई इभेन्ट होरिजेन्टल भनिन्छ । यो अगाडि आउने कुनै पनि वस्तु फिर्ता हुन सक्दैनन् । प्राध्यापक फेल्केको मनमा ब्ल्याक होलको तस्बिर प्राप्त गर्ने विचार त्यतिबेला आयो जब उनले सन् १९९३ मा पिएचडी छात्र थिए ।

त्यतिबेला कसैले पनि ब्ल्याक होलको तस्बिर प्राप्त गर्न सकिएला भनेर सोचेका थिएनन् । तर फेल्के यस्तो महसुस गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उनलाई लाग्थ्यो कि एक प्रकारको रेडियो उत्सर्जन ब्ल्याक होलको चारैतिर उत्पन्न हुनेछ जुन यति प्रबल हुनेछ कि त्यसलाई दूरबीनले हेर्न सकिनेछ । उहाँ सन् १९७३ मा एउटा पुस्तक पढेको स्मरण गर्नुहुन्छ जसमा ब्ल्याक होल आफ्नो आकारभन्दा २.५ गुणा ठूलो देखिने बताइएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातक तहको परीक्षाफल सार्वजनिक [अनलाईन नजिता हेर्ने तरिकासहित]
सेमेष्ट्रर प्रणालीलाई आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउन यस्तो गर्दै त्रिवि
स्नातकोत्तर तह प्रथम बर्षको सबै संकायको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
परीक्षा सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
बीए, बीबीएस, बीएड, बिएस्सी तेस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक [केन्द्रको नामावलीसहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत