काठमाडौं । एउटै घरका सबैजना सरकारी सेवामा लागेका समाचार समयसमयमा बाहिर आउँने गर्छन । के तपाईले सोच्नु भएको छ एउटै घरमा सबै दाजुभाई चोरीमा संलग्न भएका हुन्छन् । यो बिचमा उपत्यकामा चोरी तथा ठगीका घटनाहरु एक पछि अर्को गर्दै लगतार बढ्दै गएका छन् ।

यो बिचमा एकै परिवारका चार भाइ चोरीमा संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् ।

उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् । परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको पाइएको बताए । उनले भने, ‘चोरी कार्यमा एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो । जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् ।

एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् । उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’ यो घटना आफैंमा चकित पार्ने घटना होकी एकै परिवारमा सबै दाजुभाई चोरी पेशामा संलग्न रहेका छन् ।

सम्बन्धित खबरहरु