काठमाडौ । बैशाख १ गतेबाट विक्रम संवत २०७६ सालको सुवात हुदैछ । नयाँ वर्ष लागेसँगै सबैको मनमा नयाँ हर्ष उमंग छाएको हुन्छ । सबैले आफ्नो घर परिवारमा सम्बन्ध राम्रो होस्, खुसी छाओस्, नयाँ वर्षसँगै नयाँ नयाँ काम गर्ने अवसरहरु प्राप्त होस्, भन्ने चाहना रहेको हुन्छ । यद्यपी आफ्नो घरमा राम्रो होस् भन्ने चाहनुहुन्छ भने नयाँ वर्षको दिन केही उपायहरु अपनाउनु जरुरी हुन्छ ।

१, नयाँ वर्षको दिन आफ्नो घरमा भित्ता भत्किएको, प्वाल परेका, घरको झ्यालहरुमा लुकेरा रहेको जाले हटाउनुपर्छ । किनकी त्यस्ता सचजहरुले हाम्रो मनलाई प्रतिबिम्बित गर्ने भएकाले हटाएर रंगरोकन गर्नुपर्छ । यदि तपाई आफ्नो बच्चाको दिमागलाई बुद्धिमानी र युवावस्थाको विकास गराउन चाहनुहुन्छ भने पूर्व दिशालाई सुन्दर राख्नुपर्छ ।

पूर्व दिशामा इन्द्रको प्रभाव पर्ने भएकाले यो दिशामा मेष, वृष र शुक्र ग्रहको प्रभाव रहेको हुन्छ । बच्चा सुत्ने कोठामा इन्द्रको प्रभावमा राख्ने भएकाले इन्द्रसँग जोडिएका कुराहरु जस्तै हात्ति, हिरा, क्रिस्टल वा सेतो रंगको घोडा राख्नुपर्छ ।

२, घरको विशेष भागा भनेको भान्सा हो । त्यसकारण भान्सामा अग्नेय दिशा पूर्व दिशाको दक्षिणको कुनामा राख्नुपर्छ । यो खिशामा प्रज्वलित अग्निको तस्वीर प्रतिकको रुपमा आकृती लगाउनु पर्छ । यो दिशामा रंग लगाउँदा रातो, पहेँलो र सुन्तला रंग प्रयोग गर्न सकिन्छ । यदि तपाई अनिन्द्रा, छटपटी, र बीमारीबाट ग्रसित हुनुभएको छ भने दक्षिण दिशालाई सुधार्नुपर्छ । त्यसको लागि भित्तामा गाईको वा गोरुको चित्र राख्नुपर्छ ।

३, यदि तपाईको घरमा भूत प्रेत आउँछ वा नराम्रो सपनाहरु आएर साताइरहन्छ भने घरको दक्षिण दिशालाई सुधार गर्नुपर्छ । शनि तथा भूमि तत्वसँग स्थान हो । त्यसकारण भान्सा चाही मुख्य द्धार बनाउनुपर्छ । यो स्थानलाई शुभ बनाउन बैंगनी रंगको ठूलो सिंहको तस्वीर राख्नुपर्छ । शुक्र शयनकक्षसँग जोडिएको ग्रह भएकाले हल्का गुलाबी र हरियो रंग प्रयोग गर्नुपर्छ ।

४, यदि तपाई आफ्नो परिवारमा टाढाको सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने उत्तर पश्चिम कोणलाई ठीक पार्नुपर्छ । यो स्थानको कारक मानिने चन्द्रमाको कारण कुनै चिज स्थिर रहँदैन् । त्यसकारण बाथरुम गेस्टरुम बनाउन सकिन्छ । यो स्थानमा अर्धचन्द्रमाकार चन्द्रको फोटो राख्नु लाभदायक हुन्छ । यो ठाउँमा टेलिफोन, मोबाइल राख्न ठाउँ बनाउन सकिन्छ । यो स्थानमा हल्का सिल्वर वा चाँदी रंग लगाउन सकिन्छ ।

५, स्वास्थ्यमा समस्या आइरहने धनमा समस्या आउने जस्ता समस्याहरु आइरहन्छन भने घरको उत्तर दिशामा कुबेर वा वृहस्पतिको प्रभाव रहने गर्छ । त्यसकारण स्टोर, लाइब्रेरी अफिस वा अमुल्य सामान राख्नको लागि उचित हुन्छ । यो ठाउँमा आफ्ना पुर्खाहरको तस्वीर राख्नुहुँदैन् । वृहस्पतिलाई खुसी राख्नको लागि पहेँलो रंगको प्रयोग गर्नु राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु